Logo
Logo

आलमको सुनुवाई चलिरहँदा प्रहरी कार्यालयमा बम आक्रमण


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २६ कात्तिक ।
सांसद अफताब आलमको मुद्दाको सुनुवाई अदालतमा चलिरहेको बेला रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीमा बम प्रहार भएको छ।


मोटरसाइकलमा आएका दुई जना व्यक्तिले प्रहरी कार्यालयमा सुतली बम प्रहार गरेका हुन्। बम प्रहारबाट मठिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान राजेन्द्रप्रसाद यादव सामान्य घाइते भएको र एउटा खसी मरेको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरीले भारतीय नम्बर बी आर ०५८६५०९ को मोटरसाइकलसहित भारतीय नागरिक चन्दनकुमार ९२५० लाई पक्राउ गरेको छ । आलमकै केसमा प्रहरीविरुद्ध अपराधिक समूहलाई प्रयोग गरिएको संकेत पाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्