Logo
Logo

विदेशबाट आयात तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने सरकारको निर्णय


1k
Shares

काठमाडौं । अबदेखि विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो ।

यस्तै, स्वदेशमा उत्पादन भएको तरकारी र खाद्यान्न समेतको विषादी परीक्षण हुने भएको छ । सरकाले भारतबाट आयात हुने तरकारी सहित खाद्यान्नको विषादी परीक्षण रोकेको भन्दै आलोचना समेत भएको थियो ।

त्यस आलोचनालाई मध्यनजर गर्दै संसदीय समितिबाट तयार गरेको विधेयकका आधारमा विदेशबाट आयात हुने तरकारी र विषादीको परीक्षण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेको थियो । अब सरकारले विदेशबाट आयात हुने तरकारी र खाद्यान्नको विषादी जाँच गरेर ल्याउन दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्