Logo
Logo

‘जबज संवाद’को दोस्रो शृंखला आज


378
Shares

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे ‘जबज संवाद’ को दोस्रो शृंखला आज आयोजना गर्दै छ । 

‘जबज संवाद’ शृंखला संचालन गर्दै आइरहेको फाउन्डेसनले बुधबार दोस्रो शृंखला गर्न लागेको हो । दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिए । 

उनका अनुसार बुधबार दिउँसा साढे २ बजे  मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृंखला आयोजना हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस्