Logo
Logo

रौतहटको गरुडामा दोहोरो झडप, ६ जना प्रहरी घाइते


3.6k
Shares

काठमाडौं । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउन्ड हवाईफायर गर्नुको साथै पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्