Logo
Logo

वस्तुगत उपाध्यक्ष र सदस्यमा उमेश र अन्जानको टिम विजयी


441
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन् ।

कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए भने अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन् । यता रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन् ।

यता वस्तुगत सदस्यतर्फ १४ जना निर्वाचित भएका छन् । उमेश समूहका ८ अन्जन समूहका ६ सदस्य निर्वाचित भएका हुन् ।
कुल १४ जना सदस्य निर्वाचित हुने वस्तुगत समूहमा २८ जना उम्मेदवार थिए ।

कस्ले कति मत ल्याए ?

वस्तुगत सदस्य

१ नरेशलाल श्रेष्ठ ९१

२ हरिबहादुर कार्की ८२

३ शिव प्रसाद घिमिरे ८१

४ अरनिको राजभण्डारी ७६

५ डा. सुबोध कुमार गुप्ता ७५

६ भक्त बहादुर हमाल ७२

७ लिलेन्द्रप्रसाद प्रधान ७९

८ नानीराज घिमिरे ७२

९ शोभा जावाली ७२

१० रविन पुरी ७४

११ मनोज अधिकारी ६७

१२ कमला श्रेष्ठ ६६

१३ पशुपतिदेव पाण्डे ६५

१४ राजकुमार कार्की ‘राजु’ ६२



प्रतिक्रिया दिनुहोस्