
काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ पर्यटकरुहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरेका हुन् ।
हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका १८१ जना चिनियाँ पर्यटकहरुलाई नेपाली मौलिक पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिए ।
विभागका अनुसार ७०० चिनियाँ पर्यटकहरु नयाँ वर्षका अवसरमा नेपाल भ्रमणमा आउन लागेका छन् ।











