
काठमाडौं । नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई खल्ती भएको पोशाक लगाउन रोक लगाएको छ । निगमले विषेश गरी यात्रुका लगेज ओसारपसार गर्ने कर्मचारीलाई अबदेखि खल्ती भएको लुगा लगाउन रोक लगाएको हो ।
यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाउँदै छुट्टै पोशाकको व्यवस्था गरेको छ । यात्रुहरुको सामानको सुरक्षार्थ निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ।
साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन्। लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ।











