काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका-८ चिसापानीस्थित बाटोमा जाली लगाउँदै गरेको अवस्थामा सुख्खा पहिरो खसेर पुरिँदा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका-२ घर भएका २३ वर्षीय कुशल नेपाली (सुन्दास) को बिहीबार दिउँसो मृत्यु भएको छ ।
उक्त स्थानमा सुख्खा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थान र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्तरूपमा खटिएको प्रहरीले कुशलसमेत ३ जनाको उद्दार गरी धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा कुशलको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।











