Logo
Logo

माघे संक्रान्ति : तरुल र चाकुले रंगियो बजार (फोटोफिचर)



sअसनमा सोमबार माघे संक्रान्तिका लागि सखरबाट बनेका परिकारको जोहो गर्दै सर्वसाधारण ।

काठमाडौं, ३० पुस । देशभर माघे संक्रान्ति अर्थात माघीको चहल पहल देखिएको छ । बजार तरुल र चाकुले रंगिएको छ । माघीमा विशेषगरी तरुल र चाकु खाने चलन छ । धार्मिक आस्था बोकेको माघी पर्व मगर
माघे संक्रान्ति पर्व बिभिन्न समुदायमा बिभिन्न तरिकाले मनाउने गरिन्छ । थारु र मगर समुदायले यस पर्वलाई अझ विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । थारुहरुको लागि यो नयाँ बर्ष नै हो । थारु समुदायमा ‘माघी’ भनिने यो पर्वमा बर्षभरीको समिक्षा गरी आगामी योजना बनाउने गरिन्छ । काठमाण्डु उपत्यकामा बसोबास गरेका र घर फर्किन नपाएकाहरु भने टुँडिखेलमा जम्मा भएर माघी मनाउने गरेका छन् । तस्बिरहरु राससबाट






तरुलको व्यापार झापाको दमकचोकस्थित सब्जी बजारमा तरुल बेच्दै व्यापारी । माघे सङ्क्रान्ती पर्वमा खाइने तरुल, पिडालु, स्कुसको जरा र सक्खरखण्डको व्यापार एक हप्ता अघिदेखि नै राम्रो भएको व्यापारी बताउँछन् ।

काठमाडौँको असनमा सोमबार माघे संक्रान्तिका लागि तरुल, सखरखण्डको जोहो गर्दै सर्वसाधारण ।

प्रतिक्रिया दिनुहोस्