Logo
Logo

कर्मचारीको अवकाशको उमेर ६० वर्ष बनाउने निर्णय, प्रहरीको ३० वर्षे सेवाहद के होला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कात्तिक ।
निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएको छ । संघीय निजामती ऐनमा ६० वर्ष राख्ने निर्णय भएको छ ।
संसदको राज्य व्यवस्था समितिको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो । अवाशको नयाँ प्रावधान संघीय निजामती ऐन राजपत्रमा प्रकाशित भएपछि पास हुने छ ।
निजामतीको माथिल्लो तहका कर्मचारीले उमेरहद बढाउन लबिङ गर्दै आएका थिए । नेपालीहरुको औसत आयु बढेको भन्दै यस्तो माग गरिएको थियो । त्यसमा सांसदहरु समेत सहमत भएका हुन् ।


निजामतीको उमेर हद बढाउँदा सुरक्षा निकायमा पनि त्यही अनुसार संशोधन गर्न दबाब परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद छ । जसकारण ५० वर्षको उमेरमै अवकाश पाउने अवस्था छ ।
नेपाल प्रहरीको समेत नयाँ ऐन गृह मन्त्रालयमा छलफलको क्रममा छ । जसमा ३० वर्षे सेवाहद हटाउन प्रहरीबाट माग हुँदै आएको छ । निजामती कर्मचारीको उमेरहद बढाउने निर्णय भएपछि प्रहरीको पनि अवकाशसम्बन्धि प्रावधान हेरफेर हुने सम्भावना छ । प्रहरीको ऐन पनि राज्यव्यवस्था समितिमै छलफल हुने छ ।
३० वर्षे सेवाहदका कारण एकातर्फ दक्ष जनशक्तिलाई गुमाउनुपर्ने अवस्था छ भने अर्काेतर्फ पेन्सन अवधि पुगेलगत्तै राजिनामा दिएर अन्य पेशामा लाग्ने समस्या सुरक्षा निकायमा छ ।

प्रतिक्रिया दिनुहोस्