
काठमाडौं, ४ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काम गर्ने कर्मचारीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई बुधबार राजीनामा दिन निर्देशन दिँदै नभए आफूले नै हटाउने चेतावनी दिए ।
मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको बताएका हुन् । कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै मन्त्री भट्टराईले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न आग्रह गरेका छन् । साथै काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान समेत रोक लगाउन निर्देशन दिएका छन् ।












