पोखरा, ६ मंसिर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि असन्तुष्टि पोखरेका छन् । अख्तियारलाई सरकारले शाही आयोग बनाउन खोजेको आरोप उनले लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’ बालुवाटार प्रकरणमा आयोगले कांग्रेसका उपसभापति बिजयकुार गच्छेदारसँग समेत बयान लिएपछि देउवा अख्तियारसँग असन्तुष्ट बनेको आँकलन गरिएको छ ।
अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।












