Logo
Logo

आर्मी र थ्री स्टारको रोमान्चक बराबरी


630
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।

त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्