Logo
Logo

प्रचण्डका घरबेटीका कारण भक्तपुरमा नेकपा पराजित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ मंसिर ।
भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्रमा पहिला नेकपाले जितेको थियो ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।


तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्। भक्तपुरमा कांग्रेस(राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।
२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।
खासगरी नगरकोट सडकका कारण नेकपासँग स्थानीय रुष्ट थिए । प्रचण्डका घरबेटी समेत रहेका ठेकदार शारदा अधिकारीले ठेक्का पाएको सो सडकको बेहाल छ । पटक पटक म्याद थप गर्दा पनि अधिकारीले सडक बनाएका थिएनन् । सोही कारण जनता नेकपासँग रुष्ट थिए । चुनावलाई त्यसैको प्रतिबिम्बका रुपमा लिइएो छ ।

त्यसका साथै कमजोर उम्मेदवार, पार्टी एकता तल्लो तहसम्म मजबुत नहुनुलाई भक्तपुरमा नेकपाको हारको कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्