Logo
Logo

कास्कीमा विजयतर्फ बिद्या भट्टराई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ मंसिर ।
प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई जिततर्फ अग्रसर भएकी छिन् । उनले अग्रता फराकिलो बनाउँदै लगेकी छिन्।

चारवटा वडाको मतगणना भइसक्दासम्म विद्याले १४ हजार ७३० मत ल्याएकी छन् भने नेपाली कांग्रेसका उमेदवार पौडेलले ५८९३ मत ल्याएका छन् । त्यसैगरी समाजवादी पार्टीका उमेदवार धर्मराज गुरुले ४०३ मत ल्याएका छन् भने साझा पार्टीकी उमेदवार रजनी केसीले ९० मत ल्याएकी छन् ।

अहिलेसम्म वडा नम्बर ३३, २१, २० र १७ को गणना सम्पन्न भएको छ ।

कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका थिए ।

कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्