Logo
Logo

सिभिल बैंककाे लाभांस ६ प्रतिशत मात्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ मंसिर ।
सिभिल बैंक लिमिटेडले शेयरनीलाई ६ दशमलव ५७ प्रतिशत लाभांस दिने भएको छ । मंसिर १३ गते बसेको बैंकको सञ्चालक समितिको २९१औं बैठकले बैंकले गत आर्थिक वर्ष २०७५र७६ को नाफाको ६.५७ प्रतिशत (५२ करोड ५८ लाख २२ हजार ७ सय रुपैयाँ) बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव नवौं साधारण सभामा लैजाने निर्णय गरेको हो।


गत आर्थिक वर्ष २०७५र७६ मा बैंकले ७० करोड ७४ लाख १२ हजार रुपैयाँ बराबर कमाएको देखिन्छ। गत आर्थिक वर्षमा बैंकले कमाएको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ३१ प्रतिशतले बढी हो। बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ बराबर देखिन्छ भने निक्षेप ४७ अर्ब ६ करोड ३ लाख ५७ हजार, र कर्जा ४५ अर्ब ७० करोड १३ लाख ४४ हजार रुपैयाँ बराबर छ।
अन्य वाणिज्य बैंकको तुलनामा सिभिलका शेयरधनीले थोरै मात्र लाभांस पाउने भएका छन् । सोही कारण सो बैंकको शेयरमूल्य न्यून छ ।

प्रतिक्रिया दिनुहोस्