Logo
Logo

१३औँ साग : महिला टिम काता र तेक्वान्दोमा नेपाललाई स्वर्ण पदक


- दृष्टि न्युज/संवाददाता


निर्मला तामाङ , सङगीता मगर , सरू कार्की सोमबार १३ दक्षिण एसियाली खेलकुद (साग) कराँते महिला टिम काँतामा स्वर्ण पद हासिल गरेपछि नेपालको झन्डा फहराउँदै । तस्वीर : रासस

काठमाडौं, १६ मंसिर । १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ ।
सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की थिए ।
समूह चरणको खेलमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।
यस्तै, तेक्वान्दो खेलमा पनि नेपालले स्वर्ण हात पारेको छ । तेक्वान्दोका कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका हुन् ।
पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका छन् । पराजित भारतका राहुलले ८.२०० अंक ल्याएका थिए ।

सोही स्पर्धामा श्रीलङकाका निसाशंकासे आसिङ्गेले कास्य पदक हात पारेका छन । उनले ८.०६० अंक प्राप्त गरेका थिए ।त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारेका छन् । उनले श्रीलंकाको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्