Logo
Logo

विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा, थपिए दुई नयाँ अनुहार


1k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोट खेल्ने नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् । आइतबार मुख्य प्रशिक्षक मोन्टी देसाइले आगामी महिना जिम्बावेमा विश्वकप छनोट खेल्ने १६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

जसमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो रहेका छन् ।

नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको हो । तर, खेलाडीद्धय साउद र महतो भने नयाँ हुन् । गत चैत्रमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शिर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको तयारीका लागि नेपाली टिम केहिदिनमा दक्षिण अफ्रिका तयारिका लागि जाँदैछ । र, उतैबाट विश्वकप खेल्न प्रस्थान गर्नेछ ।

आईसीसीले गत मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वे विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसंग र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई) संग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगितामा कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्