काठमाडौं, १७ मंसिर ।
केही दिनयता देशमा दैनिक ठूला दुर्घटना हुन थालेका छन् । मंगलबार बागलुङको बडिगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका ४ दोहली पैयाँपाटाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको गरेको ग १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिका ७ भगेर्ना कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जिप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।
घाइते तीन जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको थप उपचारको लागि हेलिकप्टर मगाएको वडाध्यक्ष कृष्ण गुरुङले बताए ।
केही दिनयता नियमित जसो ठूलो दुर्घटना भइरहेका छन् ।












