
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।
सोमबार राति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले आईपीएलको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो ।
कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुमेको हो ।











