Logo
Logo

भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति


693
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणका लागि आज भारत जाँदैछन् । उनी दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्