काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको हो ।
बुधबार चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन् ।














