Logo
Logo

साइक्लिङमा नेपाललाई दुई स्वर्ण र दुई रजत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा बुधबार भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जितेका छन् भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्