Logo
Logo

प्रधानमन्त्रीको उपचार खर्च कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ मंसिर ।
एडेन्डिसाइटिसको अप्रेसनपछि प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्।


प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। १० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।

प्रधानमन्त्री ओलीले डिस्चार्ज भएपछि उनकी निजी चिकित्सक दिव्या सिंहले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले १० दिनपछि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्