Logo
Logo

नयाँ दिल्लीको आगलागीमा ३५ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेको अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएको छ। घटनामा ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएको थियो। ५६ जनाको उद्धार गरिएको छ। धेरै मानिस गम्भीर घाइते छन्। अहिले उद्धार जारी छ। ३० भन्दा बढी दमकल परिचालन गरिएको छ।
घाइतेहरुलाई अस्पताल लगिएको छ। अस्पतालमा ३२ जनाको मृत्यु भएको हो। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ। अन्न बजारको एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्