Logo
Logo

१३औँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा (तालिकासहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ मंसिर । १३औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।
आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका :
देश  -स्वर्ण – कास्य – रजत -जम्मा
भारत  – १३१ –  ७७ – ४० – २४८
नेपाल – ४५ – ४४ –  ७५ – १६४
श्रीलङ्का – ३४ –  ६६ – ९३ – १९३
पाकिस्तान – २८ – ३४ – ४३ – १०५
बङ्गलादेश – ८ – २८ – ६६ – १०२
माल्दिभ्स – १ – ० – २ – ३
भूटान – ० – ० – ९ – ९

प्रतिक्रिया दिनुहोस्