Logo
Logo

चट्याङ लागेर बाजुरामा एकजनाको मृत्यु


1.3k
Shares

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

मंगलबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सोही गाउँपालिका–१ जगन्नाथका ३१ वर्षीय यमराज बिष्टको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दिउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका बिष्टको चट्याङ लागेको थियो । घटनास्थल तर्फ प्रहरीको टोली राति नै गईसकेको घटनास्थल पुगेर मुचुल्का गर्ने काम भइरहेको प्रहरी प्रमुख बोहराले जनाए।

प्रतिक्रिया दिनुहोस्