
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तथा शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट थुनछेक बहस भइरहेको छ ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रिजालको तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका हुन् । बहसका क्रममा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका छन् ।
इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलबले जवाफ दिनेछन् ।














