Logo
Logo

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला


1.6k
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको  हो ।

पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्