Logo
Logo

वर्षाका कारण हङकङसँगकाे खेल रद्ध, नेपाल समूह चरणबाटै बाहिरियो


3.1k
Shares

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा अन्तर्गतको नेपाल र हङकङ बिच हुने भनिएको तेस्रो खेल रद्ध हुन पुगेको छ ।

खेलका लागि मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।
खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडन बिवश भएका थिए । साथै, समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगितावाट बाहिरिएका छन् ।

आज खेल रद्ध भएसँगै सो समुहबाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्ध भए पछि भारतसँग अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्