
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।
विभागले आज (शनिबार) एक सूचना जारी गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) ३० जना, अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ४१ जना माग गरेको हो ।
अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ भने अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
इच्छुक व्यक्तिले सुचना प्रकाशन भएको ३० दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि विभागको वेवसाइट जततउकस्ररलष्मभउत।नयख।लउर बाट पनि फारम भर्न सकिन्छ।












