
काठमाडौं । आजदेखि सुरु हुने काभा पुरुष भलिबल खेलमा नेपालले मंगोलियासँग खेल्दैछ । जुन १८ देखि २५ सम्म कीर्गिस्तानको बिस्केकमा हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्ने भएको हो ।
नेपालले मंगोलियासँग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो ।
नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ । नेपाली टिममा हेमन्त मल्ल , सफल विक र भीम गाहा मगर गरी तीन नयाँ खेलाडी छन् ।
नेपाली टिम :
हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल, भीमबहादुर गाहा रहेका छन् ।











