
काठमाडौं । किसान र विक्रेताले कालिमाटी तरकारी बजारबाट टमाटर सडकमा फ्याकेका छन् । भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको गुनासो गर्दै आइरहेका उनीहरुले आइतबार बिहान टमाटर सहित नेपाली उत्पादनका तरकारीहरु सठकमा फ्याकेका हुन् ।
कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको आरोप लगाउँदै किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन ।
भारतीय तरकारीले स्वदेशी उत्पादन मारमा परेको, नेपाली किसानको उत्पादन बिक्री नभएको र सरकार पनि रमिते भएको गुनासोसहित उनीहरुले विरोध जनाएका हुन्। नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ । किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ ।











