
काठमाडौं । सरकारले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि सुरु गरिने बताएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल बनाउन आजै देखि सुरु गरिने जानकारी दिएका हुन् ।
उनले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताए।
उनले क्षति भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेको बताए। उनले १० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए ।
मन्त्री ज्वालाले बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताए ।
उनले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताए।











