
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमाबिहान ११ः०० बजे बस्न लागेको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल हुनेछ।
हिजो (सोमबार) को प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।











