
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशले प्रथम अधिवेशनको मिति तय गरेको छ ।
हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले भदौभित्र प्रदेश समितिको अधिवेशन गरिसक्नु पर्ने निर्देशन जारी गरेपछि कर्णाली एमालेले आगामी भदौ २९ र ३० गते सुर्खेतमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमालेले प्रदेश संगठन कमिटीका पदाधिकारी र सदस्यहरु समेत सम्बन्धित भुगोलबाट प्रतिनिधि चुनिएर आउनुपर्ने मापदण्डसमेत तोकेको छ ।
केन्द्रीय सदस्य विष्णु रिजालले प्रदेश कमिटीको बैठकले प्रथम अधिवेशन आगामी भदौ २९ र ३० गते सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।











