Logo
Logo

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुला


567
Shares

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर बिक्री खुला गरेको हो ।

यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्