
काठमाडौ । आज (मंगलबार) कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक २.१६ अंकले बढेको छ ।
यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ । १९ लाख ३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।











