Logo
Logo

बाढीपहिरोबाट ज्यान गुमाउनेका परिवारलाई थप १ लाख दिने सरकारको निर्णय


756
Shares

काठमाडौं । सरकारले बाढीपहिरो जस्ता विपदमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति थप एक लाख राहत उपलब्ध गराउने भएको छ ।

सरकारले विपद पीडित व्यवस्थापन कार्य २०७७ बमोजिम एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका अन्य व्यक्तिको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २ गतेदेखि आएको बाढीपहिरोबाट भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।

सो क्रममा उनले घरबास क्षति भएका परिवारलाई तत्कार गुजारा चलाउन १५ देखि २० हजार राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्