Logo
Logo

करणले लिए अमेरिकाको सुरुवाती दुई विकेट


252
Shares

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत आजको खेलमा करण केसीले लगातार दुई विकेट लिर्दै नेपाललाई सफलता दिलाएका छन् ।

करणले दोस्रो ओभरको पाँचौ बलमा अमेरिकाका स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई सफलता दिलाएका हुन् । करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए।

दोस्रो ओभरको समाप्तीमा अमेरिकाले २विकेट गुमाएर ६ रन बनाएर खेलिरहेको छ । जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललित राजवंशीले खेल्ने भएका छन् ।

जिम्बाबेसँगको खेलमा तिव्र गतिका बलर सोमपाल कामीले चोट बोकेपछि उनको स्थानमा ललितलाई ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्