Logo
Logo

घुस लिँदै गर्दा सडक सुधार व्यवस्थापकसहित ३ जना पक्राउ


2.8k
Shares

काठमाडौं । ग्रामिण सडक सुधार आयोजना कार्यन्वयन ईकाइ दमकका आयोजना व्यवस्थापकसहित ३ जना घुससहित पक्राउ परेका छन्।

सडक निर्माणको अन्तिम भुक्तानी गराउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस ४ लाख घुस लिंदै गर्दा उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई टंगाल र इटहरीबाट खटिएको टोलीले मंगलबार कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

काम गरेबापत घुस माग गरेको उक्त सूचना पाएपछि अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्