Logo
Logo

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता


315
Shares

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले आगामी १ वर्षका लागि न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचार गर्न पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो । सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्