Logo
Logo

बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गत सोमबार समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उघाटन गरेका थिए ।
आफ्नो शाखा संजाल बिस्तारको क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्