Logo
Logo

राष्ट्रिसभाको चुनाव माघ ९ गते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ मंसिर ।

राष्ट्रियसभामा रिक्त हुने सदस्यको लागि निर्वाचन आगामी माघ ९ गते हुने भएको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।


राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।

क कसको पदावधि सकिदैछ ?
नेकपाबाट नौ जनाको पदावधि सकिँदैछ। पदावधि सकिनेमा डा युवराज खतिवडा, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन्। डा. खतिवडा वर्तमान सरकारका अर्थमन्त्री हुन्। उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए।

नेपाली कांग्रेसका ७ सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय, र धनकुमारी खतिवडा छन्। ती मध्य सुरेन्द्र राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता, र प्रसाई कांग्रेस प्रमुख सचेतक हुन्।

राष्ट्रिय जनता पार्टीका दुई जना वृषेशचन्द्रलाल, रमेशप्रसाद यादव तथा समाजवादी पार्टीका राजकुमार यादवको पनि पदावधि सकिँदैछ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्छन्। यो निर्वाचन पहिलो हुने निर्वा्चित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाट हुने छ।

यो निर्वाचनबाट निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वा्चित हुने आयोगले जनाएको छ। संघस्य संसद्को माथिल्लो सभाका रुपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान र्पुयाएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्