Logo
Logo

मन्त्रिपरिषद्को बैठक, प्राधिकरणको सिईओमा पोखरेल नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ मंसिर ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकरणको सिईओमा विराटनगरका अनिल पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई नियुक्त गरेको हो ।


गृह मन्त्रालयको सिफारिसअनुसार उनी नियुक्त भएका हुन् ।
त्यस्तै सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा जाँचत्रुझसम्बन्धि आयोगको म्याद ६ महिना थप गरेको छ ।
त्यस्तै १९ पहाडी जिल्लामा उपसचिवलाई नै सहसचिव सरकारको अधिकार दिएर भूमिका दिने निर्णय भएको छ । ती जिल्लामा गत महिना सहसचिवको दरबन्दी राख्ने निर्णय भएको थियो ।
सन् २०३७– ३८ मा राष्ट्रसंघीय सुरक्षा परिष्दको अस्थायी सदस्य बन्न अहिलेदेखि नै पहल थाल्ने निर्णय समेत भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्