Logo
Logo

एनएमबि बैंकले ल्यायो ‘वि च्याट पे’


882
Shares

काठमाडौं । बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्‍याउन एनएमबि बैंकले ‘वि च्याट पे’ सेवा सुरु गरेको छ । चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’ बाट भुक्तानी गर्न सक्नेछन् । यसले व्यवसायलाई अवसरको बाटो खोलेको नेपालका लागि चिनियाँ राजदूत छेन सोङको भनाई छ ।

‘अबदेखि चिनियाँ पर्यटकले खानादेखि ट्याक्सीको बिल स्मार्टफोनबाट तिर्न सक्छन्। नयाँ मोडलको भुक्तानीले व्यवसायलाई अवसर खोलेको छ,’ उनले भने ।

एनएमबिले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ ।

वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत श्री चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी लगायत नेपाली र चिनियाँ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्