Logo
Logo

साफ च्याम्पियनसिप : लेवनानसँग बंगलादेश पराजित


945
Shares

काठमाडौं । भारतको बेंग्लोरमा जारी साफ च्यीम्पयनसिपमा आमन्त्रित टिम लेवनानले बंगलादेशलाई पराजित गरेको छ ।

अज (बिहीबार) भएको खेलमा लेवनानले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेको हो । लेवनानलाई जित दिलाउनको लागि हसन माटोउक र खली बडेरले समान एक-एक गोल गरे । लेवनानले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ७९औं मिनमा माटोउकले गोल गर्दै लेवनानलाई अग्राता दिलएका थिए । दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा बडेरले गोल गर्दै लेवनानलाई सहज जित दिलाए ।

साफमा नेपाल समूह ‘ए’ मा छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ गोलको हार बेहोरेको थियो । नेपालले शनिबार दोस्रो खेलमा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्