Logo
Logo

विश्वकप छनोट : नेपालले गुमायो चौथौ विकेट, रोहित पनि आउट


3.3k
Shares

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्धको खलेमा नेपालले चार विकेट गुमाएको छ ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा चार विकेट गुमाउँदै ८३ रना बनाएको छ । कप्तान रोहित पौडेल ४३ बलमा ३० रन जोड्दै आउट भएका छन् । क्रिजमा आरिफ शेख १४ रनका छन् । उनलाई कुशल मल्लले साथ दिइरहेका छन् ।

त्यसअघि आसिफ शेख ३६ बलमा २८ रन जोड्दै आउट भएका थिए । उनी तीव्र गतिका बलर किमो पलको १२औं ओभरको अन्तिम बलमा आसिफ टस एज लागेर स्लिपमा कायल मेयर्सबाट क्याच आउट भएका थिए ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए ।

जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए ।

त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्