Logo
Logo

विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले कटायो सय रन


2.6k
Shares

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्धको खलेमा नेपाल एक सय रन पूरा गरेको छ ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन जोडेको हो ।

नेपालले पाँचै विकेट गुमाउँदा कुशल मल्ल आउट भए । क्रिजमा आरिफ शेख १८ रनका छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् ।

कप्तान रोहित पौडेल ४३ बलमा ३० रन जोड्दै आउट भएका थिए । आसिफ शेख ३६ बलमा २८ रन जोड्दै आउट भएका थिए । ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट हुँदाी भीम सार्की दुई रनमै आउट भएका थिए ।

त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्