Logo
Logo

बलात्कार आरोपमा पक्राउ परेका मेडिसिटीका डाक्टर मुद्दा नचली छुटे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ मंसिर ।
बलात्कार प्रयासको आरोप लागेका नख्खुस्थित मेडिसिटी अस्पतालका डा. रोहित कुमार झा छुटेका छन् । बलात्कार प्रयास गरेको पर्याप्त प्रमाण नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्दा जबरजस्ती करणी उद्योग नभई यौन दुव्र्यवहार केस देखिएको हुनाले थुना मुक्त गर्ने आदेश दिएको जनाएको छ । ‘हामीले प्रहरीको मिशिल अध्ययन गर्दा जबरजस्ती करणी सम्बन्धि उद्योग नभई यौन दुव्र्यवहार भएको ठहर्यायौं ,’ जिल्ला न्यायधिवक्ता मोना सिंहले भनिन्, ‘त्यसैले सो अनुसार आदेश दिएका हौँ । अब जाहेरीकर्ताले अदालतमा मुद्धा दर्ता गर्नुपर्ने हुन्छ ।’

बिहीबार सरकारी वकिलको कार्यालयले थुनामा राख्नु नपर्ने निर्णय गरेपछि हाजिरी जमानीमा झालाई थुनामुक्त गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । ‘झालाई जिल्ला सरकारी वकिलको कार्यालयले जबजस्ती करणी उद्योग अन्तरगत मुद्धा चलाउन प्रमाण नपुगेको राय दिएर थुनामुक्त गर्न आदेश दिएको छ,’ परिसरका सहप्रवक्ता डिएसपि सन्तोष तामाङ्गले भने, ‘त्यसैले झालाई परिवारको जिम्ममा बिहीबारबाटै थुनामुक्त गरिएको हो ।’ झा परिवारको जिम्मामा हाजिर जमानिमा थुनामुक्ता भएका हुन् ।

प्रहरीले गत ९ मंसिरमा मेडिसिटी अस्पतालका जनरल फिजिसियन झालाई पक्राउ गरेको थियो । महाराजगञ्जकी ३० वर्षीय एक महिलाको जाहेरीमा प्रहरीले झालाई पक्राउ गरेको थियो । अस्पतालमा मेडिकल रिर्पोट देखाउने क्रममा झाले आफ्नो क्याबीनमा जबरजस्ती करणीको प्रयास गरेको प्रहरीमा जाहेरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
प्रमाणबिना नै झालाई पक्राउ गरिएको भन्दै चिकित्सक संघले विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्